नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा नबिल बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ३३.६० प्रतिशत अर्थात् ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 

त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकको १२ प्रतिशत अर्थात् ९ लाख ७३ हजार ३४५.४६ कित्ता र स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत अर्थात् २ लाख ९७ हजार ३२१.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

 

नेप्सेमा सूचीकृत भएसँगै अब उक्त सेयर सेयरधनीको खातामा आउने छ ।

अरुण तेस्रोको पावरहाउसको काम ७ दिनदेखि ठप्प Read Previous

अरुण तेस्रोको पावरहाउसको काम ७ दिनदेखि ठप्प

च्याउको अनुसन्धानका लागि नास्ट र मसरुम सीड नेपालबीच सम्झौता Read Next

च्याउको अनुसन्धानका लागि नास्ट र मसरुम सीड नेपालबीच सम्झौता