ह्वात्तै भाउ घट्दा जीवन विकासको सेयरको माग उच्च, बेच्ने छैनन्, प्रतिकित्ता कति मूल्य कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । गत आर्थिक वर्षको मुनाफाबाट ७० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएर लघुवित्तको सेयर मूल्य घटेपछि लगानीकर्ता झुम्मिएका हुन् ।

 

गत बिहीबार प्रतिकित्ता ५१०० रुपैयाँमा कारोबार भएको लघुवित्तको मूल्य समायोजन भएर प्रतिकित्ता ३००० रुपैयाँ कायम भएको थियो । बोनसपछि मूल्य समायोजन हुँदा ह्वात्तै भाउ घटेपछि लगानीकर्ता लघुवित्तको सेयरमा झुम्मिएका हुन् ।

 

आइतबार बजार खुलेको केही मिनेटमै लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ३००० रुपैयाँमा कारोबार खुलेको लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ३३०० रुपैयाँ पुगेको छ ।

 

सवा ११ बजेसम्म लघुवित्तको ३ हजार ४०० कित्ता सेयर किनबेच भएको छ भने २६ हजार बढी कित्ता सेयर खरिदका लागि माग भएको छ भने विक्रीकर्ता शून्य रहेका छन् ।

 

हाल ६० करोड चुक्ता पूँजी भएको लघुवित्तको बोनसपछि १ अर्ब ४ करोड रुपैयाँ पुग्नेछ ।

 

चीनले ११ अर्ब ४० करोड अनुदान दिने Read Previous

चीनले ११ अर्ब ४० करोड अनुदान दिने

रातमाटे-केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणको ढोका खुल्यो, चीन-नेपाल-भारत जोड्ने Read Next

रातमाटे-केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणको ढोका खुल्यो, चीन-नेपाल-भारत जोड्ने