अपि पावरले चैत २५ गतेदेखि हकप्रद जारी गर्ने, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन् ?

काठमाडौं । अपि पावर कम्पनीले चैत २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३९.३६ प्रतिशत अर्थात् १ :०.३९३६ अनुपातमा हकप्रद निष्काशन गर्ने भएको हो ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने भएको हो ।

 

कम्पनीले हकप्रद प्रयोजनका लागि चैत १४ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ, चैत १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको हकप्रदमा वैशाख १५ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

साथै, मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा, ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको हकप्रद सेयरको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न जोखिममा रहेको संकेत गर्दछ ।

 

हाल २ अर्ब ७५ करोड ८९ लाख चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ ।

रेलसम्बन्धी अध्यादेश पुनः जारी, जयनगर-जनकपुर रेल गुडाउने बाटो खुल्यो Read Previous

रेलसम्बन्धी अध्यादेश पुनः जारी, जयनगर-जनकपुर रेल गुडाउने बाटो खुल्यो

अख्तियारमा मुद्दा परेको कम्पनीले पायो तीनकुने आर्कब्रिजको ठेक्का, १ महिनाभित्र काम सुरू Read Next

अख्तियारमा मुद्दा परेको कम्पनीले पायो तीनकुने आर्कब्रिजको ठेक्का, १ महिनाभित्र काम सुरू