ग्रीन भेन्चर्सको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।

 

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा ४ लाख ३२ हजार ४२१ जनाले ५४ लाख ५८ हजार ९६० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएभन्दा झन्डै दुई गुणा बढी आवेदन हो ।

 

कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर विक्रीमा ल्याएको छ ।

 

निष्काशित कुल सेयरमध्ये ३ प्रतिशत (९३ हजार ७५० कित्ता) कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत (१ लाख ५६ हजार २५० कित्ता) सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी २८ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री हुन नसकेमा ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले यसअघि पहिलो चरणमा फागुन २ देखि आयोजना प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने मध्यम रुपमा सुरक्षित रहेको जनाउँदछ ।

 

कम्पनीले हाल रामेछाप र ओखलढुंगाको सीमानामा ५२.४ मेगावाटको लिखुखोला चौथो हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

महासंघद्वारा सदस्य वस्तुुगत संघका नवनिर्वाचित टिमको स्वागत, निजी क्षेत्रका समस्या समाधानमा जोड Read Previous

महासंघद्वारा सदस्य वस्तुुगत संघका नवनिर्वाचित टिमको स्वागत, निजी क्षेत्रका समस्या समाधानमा जोड

श्रीलंकामा पेट्रोलको लाइनमा बसेका चालकको हत्या, पेट्रोल पम्पमा सेना परिचालन Read Next

श्रीलंकामा पेट्रोलको लाइनमा बसेका चालकको हत्या, पेट्रोल पम्पमा सेना परिचालन