नेपाल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज (चैत ६ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७६/७७को मुनाफाबाट घोषणा गरेको १४.७३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (चैत ७ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

नेकोले आर्थिक वर्ष २०७७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ००.७३ प्रतिशत नगद गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले चैत २१ गते वार्षिक साधरण सभा बोलाएको छ ।

 

प्रस्तावित लाभांश कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

देशकै दोस्रो ठूलो सबस्टेशन उद्घाटन, झन्डै १२०० मेगावाट बिजुली जोडिने Read Previous

देशकै दोस्रो ठूलो सबस्टेशन उद्घाटन, झन्डै १२०० मेगावाट बिजुली जोडिने

धमाधम जहाज थप्दै एयरलाइन्स कम्पनी, कुनले कति वटा नयाँ जहाज ल्याउँदै ? Read Next

धमाधम जहाज थप्दै एयरलाइन्स कम्पनी, कुनले कति वटा नयाँ जहाज ल्याउँदै ?