ट्रायल नदिएका र फेल भएकालाई पास गराउने यातायातका ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) परीक्षामा अनुपस्थित र फेल भएकासँग घुसमागी पास गराउने ९ जना विरुद्ध  मुद्दा दायर भएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

 

लाइसेन्सका लागि परीक्षा दिन नआएका, प्रयोगात्मक परीक्षा (ट्रायल)मा फेल भएकाहरूलाई पास गराएको र पास भएकाहरुलाई फेल गराएको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।

 

अख्तियारले मुद्दा दायर गरेकाहरूमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख, शाखा अधिकृत गोकुल शर्मा पौडेल, शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौँ तहका भरतराज काफ्ले र भरतमणि बराल छन् ।

 

त्यस्तै, अधिकृतस्तर सातौँ तहका प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैटौँ तहका डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैटौँ तहका होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल र कम्प्युटर अपरेटर मोहनमणि सुवेदी विरुद्ध मुद्दा दायर भएको हो ।

 

उनीहरूले २०७५ साल मङ्सिर र २०७६ साल साउनदेखि मङ्सिर महिनामा सञ्चालन भएका प्रयोगात्मक परीक्षा मध्येबाट विभिन्न मितिमा सञ्चालन भएका परीक्षामा फेल भएका तथा उपस्थित नभएका ११६ जनालाई पास गराएको पाइएको छ ।

 

यस्तै पास भएका २ जनालाई नतिजा अपडेट गर्ने बेलामा फेल गराएर ११८ जनाको नतिजा फेरबदल गराएको पाइएको छ ।

 

पूर्वाधार निर्माणमा आक्रामक बन्दै प्राधिकरण, ३ दिनमा ३ सबस्टेशन उद्घाटन Read Previous

पूर्वाधार निर्माणमा आक्रामक बन्दै प्राधिकरण, ३ दिनमा ३ सबस्टेशन उद्घाटन

खरिद नियमावली संशोधन : ठेक्का ओगट्ने ठेकेदारलाई लगाउला लगाम ? Read Next

खरिद नियमावली संशोधन : ठेक्का ओगट्ने ठेकेदारलाई लगाउला लगाम ?