काठमाडौं । सन् २०२१ मा दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त संचालनमा रहेका सडकहरुको लम्बाइ कुल १ लाख २० हजार किलोमिटर नाघेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
तिब्बतमा सन् २०२१ मा ५ नगर र ६७ प्रशासनिक क्षेत्रले सडकको पहुँच विस्तारका लागि अग्रणी तथा कडा मेहनत गरेका बताइएको छ ।
ती नगर तथा प्रशाशनिक क्षेत्रको अथक मेहनतपछि गत वर्षको अन्तसम्ममा तिब्बत क्षेत्रका कुल शहरहरूमध्ये ९४.५५ प्रतिशतलाई जोड्न र कुल प्रशासनिक क्षेत्रहरूमध्ये ७७.९४ प्रतिशत क्षेत्रलाई जोड्न सफल भइएको तिब्बत क्षेत्रीय यातायात विभागले पुष्टि गरेको छ ।
तिब्बतले सडक यातायातको लागि निश्चित सम्पत्तिमा २०.१ अर्ब युआन (लगभग ३.२ अर्ब अमेरिकी डलर) मूल्यको लगानी पूरा गरेको विभागका प्रमुख जु वेनकियाङले बताए ।
विभागले सन् २०२२ मा २१.६ अर्ब युआनभन्दा बढी मूल्यको यातायातमा लगानी पूरा गर्ने लक्ष्य राखेको छ । सिन्ह्वा