रुसी क्रिप्टो कारोबारीको सम्पत्ति सुरक्षित गर्ने स्थान बन्दै यूएई, धमाधम रियल इस्टेटमा लगानी

काठमाडौं । रुस-युक्रेन युद्धको असरले विश्वभरीको अर्थतन्त्रमा अस्तव्यस्त बनाएको छ । अमेरिका र पश्चिमा देशहरूले रुस माथि लगाएको प्रतिबन्धले उसलाइ मात्रै नभएर अन्यदेशहरूको अर्थतन्त्रमा समेत केही फेरबदल ल्याएको हो ।

 

यत्तिबेला रुसी क्रिप्टोकरेन्सी कारोबारीहरूले आफ्नो डिजिटल करेन्सीलाई सुरक्षित गर्न चाहिरहेका छन् । युक्रेन आक्रमणपछिको नाकाबन्दीले रुसको आर्थिक जीवन बिथोलिएको छ ।

 

विश्वको शक्तिशाली देश रुसले छिमेकी मुलुक युक्रेनमाथि करिब तीन सातादेखि आक्रमण जारी राखेको छ । रुसी क्रिप्टोकरेन्सी कारोबारीहरूले संयुक्त अरब इमिरेट्स (यूएई)मा अर्बौं डलरको भर्चुअल मुद्रा खारेज गर्न यूएईका वित्तीय अधिकारीहरूले अनुरोध गरिरहेको बताइरहेका छन् ।

 

क्रिप्टोका केही कारोबारीहरूले यूएईमा रियल इस्टेटमा लगानी गर्न क्रिप्टोकरेन्सी प्रयोग गरिरहेका छन भने केहीले त्यहाँका व्यवसायीहरूलाई प्रयोग गरेर आफ्नो भर्चुअल पैसालाई हार्ड मुद्रामा परिणत गर्ने प्रयत्न गरिरहेका छन् ।

 

विगत १० दिनमा एउटा क्रिप्टो व्यवसायले स्वीस ब्रोकरहरूबाट बिलियन डलर बिटक्वाइन खारेज गर्न अनुरोध गरेको थियो । स्वीट्जरल्याण्डले उनीहरूको सम्पत्ति फ्रिज गर्ने त्रासले आफ्ना ग्राहाकहरू डराउने भन्दै ती व्यवसायीले ब्रोकरहरूसँग बिटक्वाइन खारेज गर्न अनुरोध गरेका थिए ।

 

‘हामीसँग पछिल्लो दुई हप्तामा ५/६ जनाले कारोबार गरेका छन्, ती मध्ये कुनै पनि हालसम्म आएका छैनन,’ एक कार्यकारीले भने, ‘विशेषगरी यस क्रिप्टो व्यवसायले महिनामा एकपटक ठूलो रकमको कारोबार गर्छ ।’

 

स्वीट्जरल्याण्डको वित्तीय बजार पर्यवेक्षकले क्रिप्टोकरन्सी कारोबारको बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । देशको आर्थिक मामिला सचिवालयले क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिबन्ध लगाएका कारण कुनै पनि रुसी नागरिकहरूलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न पाए उनीहरूको सम्पत्ति फ्रिज हुने बताएको छ ।

 

पछिल्लो समय विश्व अर्थतन्त्रमा दुबई लगायत खाडी क्षेत्र वित्तीय, व्यपार र क्रिप्टो कारोबारको केन्द्र बन्दै गएको छ । यस्ता क्रियाकलापहरूको लागि आकर्षकको चुम्बक बनेको अन्तर्राष्ट्रिय रूपमा टिप्पणी हुन थालेको छ ।

 

रुस युक्रेन युद्धमा पश्चिमा वा मस्को बीचको पक्ष लिन यूएईले गरेको इन्कारले रूसीहरूलाई उनीहरूको पैसा त्यहाँ सुरक्षित छ भन्ने संकेत दिएको छ । त्यहाँका रियल इस्टेट ब्रोकरहरूले पनि क्रिप्टोकरेन्सीको साझेदारीमा सम्पत्ति किन्न सहयोग गरिरहेका छन् ।‘हामीले धेरै रुसी र बेलारूसीहरू पनि दुबईमा आउँदै गरेको देखेका छौं र उनीहरूले जे पनि ल्याउन सक्छन्, क्रिप्टो पनि ल्याइरहेकै छन,’ ती रियल इस्टेट ब्रोकरले भने ।

 

प्रतिबन्धबाट बाहिर निस्कने बाटो  

 

रुसीहरूले क्रिप्टो प्रयोग गरेर आफ्नो सम्पत्ति अन्य क्षेत्राधिकारबाट बाहिर ल्याउने उद्देश्यले दुबईमा सम्पत्ति किनिरहेको वित्तीय स्रोतले बताएका छन् । क्रिप्टो कारोबारको केही विवरण दिँदा पश्चिमादेशहरूले रुसीहरूको खाता ब्लक गरिरहेको क्रिप्टोकरेन्सी एक्सचेन्जहरूले बताइरहेका छन् ।

 

रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर ती देशहरूले रुसमाथिको कारोबारमा प्रतिबन्ध लगाएको छ । जसलाई रुसले भने विशेष सैन्य अप्रेसन भनेको छ । अझै पनि, क्रिप्टोले आफ्ना कारोबारीहरूलाई उच्च स्तरको गोपनीयता प्रदान गरिरहेको छ ।

 

जर्मनी र एस्टोनिया जस्ता युरोपेली देशहरूले यसै साता प्रतिबन्धहरू हटाएर कडा निगरानिमा खाख्न बस्टिङलाई आह्वान गरेका थिए । पश्चिमा कुटनीतिज्ञहरूका अनुसार रुसीहरू पछिल्ला हप्ताहरूमा यूएईमा सम्पत्ति सहित आफ्नो सुरक्षाको लागि शरण खोजिरहेका छन् । तिनीहरूको बढ्दो संख्याका कारण प्रतिबन्ध लगाएकाहरूले समेत यूएईमा कामगर्न सक्ने भन्दै सचेत गराएका थिए ।

 

ती कुटनीतिज्ञहरूले भने कि रुसीहरूको सम्पत्ति यूएईले खाडी राज्यहरूमा क्र्याक डाउन गर्ने संखा थियो । तर, दुइदेश बीचको युद्धका क्रममा यूएईले लिएको तटस्थ अडानले मुख्य रूपमा दुबइमा राखिएको बताए ।

 

यसका साथै, यूएईले सुनको व्यापारीक केन्द्र भएकाले उसको आफ्नो प्रतिष्ठाको असर समेत बुझेको छ । त्यसकारण यस्ता कारोबारीहरूलाई कारबाही गर्नेमा विश्वस्त रहेको ती अधिकारीले बताए ।

 

विज्ञहरूले भने ठूलो क्रिप्टोकरेन्सीको कारोबारीहरूमा प्रतिबन्ध छल्न नसक्ने बताएका छन् । क्रिप्टोकरेन्सीको कारोबार सापेक्षिक र पारदर्शी रूपमा ब्ल्याकचेन खातामा रेकर्ड रहेकाले प्रतिबन्धहरू छल्न नसक्ने बताएका हुन् ।

 

अमेरिकी ट्रेजरीले सोमबार क्रिप्टो प्रयोग गरेर प्रतिबन्धहरू खुला गर्नु आवश्यक रूपमा व्यवहारीक नभएकोभन्दै व्यवसायीहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ । यूएई यस्तो देश हो,जसले वर्षौंदेखि रूससँग गहिरो सम्बन्ध बनाएको छ । यसका साथै पश्चिमी राष्ट्रहरूले लगाएको प्रतिबन्धभन्दा अवस्था भिन्न रहेको छ भने त्यहाँको केन्द्रीय बैंकले यस विषयमा केही निर्देशन जारी गरेको छैन् ।

 

रुसी नागरिकहरूका लागि यूएई एक आकर्षक र महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा परिचित छ । रुसले युक्रेनसँग युद्ध गर्नुभन्दा पहिले नै मुख्य गन्तव्यहरूका रियल एस्टेटको खरिद गरिरहेका थिए । त्यसपछि पश्चिमा देशहरूको प्रतिबन्धले रुसी अर्थव्यवस्थालाई उथलपुथल बनाएको छ ।

 

रुसीहरू आफैंलाई जोगाउन क्रिप्टो कारोबारमा

 

क्रिप्टोकरेन्सी व्यवसायीहरूले समेत रुसी ग्रहाकहरूलाई बढी चासो दिएर हेरिरहेको बताएका छन् । उनीहरू मुख्यरूपमा रूसी मुद्रा विरुद्ध भइरहेको मुद्रास्फीति दबाब विरुद्ध आफूलाई बचाउन कोसिस गरिरहेका छन्,’ ती क्रिप्टो व्यवसायीले भने, ‘त्यसैले उनीहरूले सामना गरिरहेका जोखिमहरू व्यवस्थापन गर्न क्रिप्टो एक धेरै राम्रो निकास भएको छ ।’ रुसीहरूको लागि यो उए राम्रो तरलता प्रदायक भएको बताए ।

 

हेलीका सामी फडलाल्लाहले रूसबाट आउने धेरै पैसा दुबईको रियल इस्टेटमा लगानी भइरहेको बताएका छन् । ‘मानिसहरूले मरीना, डाउनटाउनमा दर्जनौं अपार्टमेन्टहरूमा आफ्नो पैसा लागानी गरिरहेका छन,’ फदलाल्लाहले भने, ‘धेरै रुसीहरूले क्रिप्टोमा धेरै सम्पत्तिहरू सारेर रूबलको अवमूल्यन विरुद्ध आफ्नो बाजी हेज गरिरहेको उनले बताए ।

 

साथै, यूएईमा क्रिप्टो स्थानान्तरणमा र यसको नियमनमा अधिकारीहरूले चासो नदिएको ती व्यवसायीको भनाइ छ । -अलजजिरा

 

थपियो नयाँ आन्तरिक हवाई सेवा कम्पनी, शिवम् एयरलाइन्सले पायो उडान अनुमति Read Previous

थपियो नयाँ आन्तरिक हवाई सेवा कम्पनी, शिवम् एयरलाइन्सले पायो उडान अनुमति

नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न यूएई सहमत Read Next

नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न यूएई सहमत