विद्युतीय गाडी बनाउन विद्यार्थीलाई गोल्छा ग्रुपको आर्थिक सहयोग

काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।

 

विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्य स्थललाई अन्तिम रूप दिने आदि जस्ता प्रारम्भिक गतिविधिहरूबाट काम सुरू गरेको थियो र फेब्रुअरी २०२२ सम्म टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ ।

 

अनेकन टेस्ट राइडहरु पछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ ।सबै नियमहरु पलना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेशनहरु अनुसार गाडी बनाइएको हो ।

 

‘मैचा’ को ब्याट्रीले १ किलोवाट/आवर चार्जबाट १५० किलोमिटर सम्मको रेन्ज दिन्छ । मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

 

उनीहरुको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई पबद्र्धन गर्नु हो । साथै, उनीहरू शेल इको-म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो विद्युतीय सवारी टोली हुन् ।

 

अन्तर्राष्ट्रिय महाप्रबन्धक संघको सदस्यमा चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह Read Previous

अन्तर्राष्ट्रिय महाप्रबन्धक संघको सदस्यमा चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह

नागढुंगा-मुग्लिन सडक विस्तार गर्न साढे ६ अर्बमा ठेक्का, १ महिनामा काम सुरू हुने Read Next

नागढुंगा-मुग्लिन सडक विस्तार गर्न साढे ६ अर्बमा ठेक्का, १ महिनामा काम सुरू हुने