२७ वटा नयाँ पाँचतारे होटल खुल्दै, यी ठाउँमा बन्दैछन्

काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा प्रभावित बने पनि होटल व्यवसायमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । एकपटक लगानी गरेपछि द्धीर्घकालीन रुपमा नाफा कमाउन सकिने भएकाले होटल व्यवसायमा लगानीकर्ताको आकर्षण बढेको हो ।

 

साथै, पछिल्लो समय विश्वभर अधिकांशले कोरोनाको भ्याक्सिन लगाइसकेकाले पर्यटकीय गतिविधि बढ्न थालेको छ । यसले नेपालमा पनि पर्यटक बढ्ने आशामा उद्यमीहरुले होटलमा लगानी बढाउन थालेका हुन् ।

 

कोरोनाका समयमा ठप्पप्रायः भएको होटल तथा रेष्टुरेन्ट व्यवसाय अहिले संचालनमा आइसकेका छन् । केही समय प्रभावित भए पनि दीर्घकालमा राम्रो हुने आशाले होटल तथा रेष्टुरेन्ट व्यवसायमा लगानी थप्न प्रेरित गरेको व्यवसायीहरु बताउँछन् ।

 

महामारीले आर्थिक स्थिति दयनीय बन्दा कतिपय साना तथा मझौला होटलहरु बन्द हुन पुगे भने हजारौंले रोजगारी नै गुमाए । लकडाउने अस्तव्यस्त बनेको पर्यटन तथा होटल व्यवसाय हालसम्म पूर्ण रुपमा संञ्चालनमा आउन सकेका छैन् । यद्यपि, होटल तथा रेष्टुरेन्ट व्यवसायमा नयाँ लगानी थपिने क्रम भने बढ्दो छ ।

 

होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाह कोभिडका कारण सिथिल भएको पर्यटन फस्टाउने देखेपछि आन्तरीक तथा बाह्य लगानी लगानी बढेको बताउँछन् । ‘कोरोनाका कारण नेपालमा आन्तरीक तथा बाह्य लगानी सिथिल बनेको थियो । अन्तर्राष्ट्रिय स्तरमा नेपाल पर्यटकीय आकर्षको गन्तव्यका रुपमा रहेको छ । त्यसैले पर्यटन विस्तार हुनेक्रम बढेसँगै लगानीपनि बढेको हो ।’

 

नेपालमा पर्यटनको अथाहा सम्भावना रहेको छ । विश्वमै नेपाल पर्यटकीय सम्भावना बोकेको मुलुक हो । त्यसैलाई मध्येनजर गर्दै व्यवसायीहरुले धमाधम ठूला होटलमा लगानी गर्न थालेका छन् ।

 

हाल नेपालमा झन्डै डेढ दर्जन पाँचतारे होटल संचालनमा छन् । यस्तै, दुईदर्जन बढी निर्माणधीन र निर्माण हुने क्रममा रहेका छन् । पर्यटन विभागका अनुसार हाल नेपालमा २७ वटा पाँच तारे होटलले निर्माण अनुमति लिएर काम गरिरहेका छन् । तीमध्ये केही निर्माणको अन्तिम चरणमा रहेका छन् भने केही सुरु हुने क्रममा छन् ।

 

५ तारे होट काठमाडौं केन्द्रीत

 

देशको संघीय राजधानी भएकाले काठमाडौँ उपत्यकामा मानिसको आकर्षण निकै देखिन्छ । सेवासुविधा, रोजगारी र व्यापार व्यवसायको विस्तार क्रममा मानिसहरु देशका विभिन्न भेगबाट यही थुप्रिने गरेका छन् ।

 

साथै, उपत्यकामा बढ्दो जनसंख्याले खुला ठाउँ पाउन पनि मुस्किल प्राय छ । सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरका दर्जन बढी पाँँचतारे होटल पनि नभएका होइनन् । तर, अझै उपत्यकामै होटल खुल्नेक्रम रोकिएको छैन् ।

 

पर्यटन विभागका अनुसार हाल पाइपलाइनमा रहेका २७ होटलमध्ये डेढदर्जन बढी अधिकांश काठमाडौँ उपत्यकामै निमार्णधीन र निर्माणको तयारीमा रहेका छन् । सिटि होटल ताहचल, द म्यासिफ होटेल ग्वार्को,होटल क्राउन इम्प्यारीअल काठमाडौँ,सेराटन होटेल ठमेल,होटल फरेष्ट इन बुढानिलकण्ठ,वेइस्टार हस्पीटालिटी बानेश्वर, दजिंक काठमाडौँ लगायत तारे होटलहरु उपत्यकामै निमार्ण र निमार्णधिन अवस्थामा रहेका छन् ।

 

हालसम्म संञचालनमा रहेको एउटा मात्रै अन्तर्राष्ट्रिय स्तरको विमानस्थल भएकाले अन्तर्राष्ट्रिय पर्यटनहरु उपत्यका हुँदै देशभर जान्छन् । जसकारण होटल व्यवसाय घाटामा नजाने देखिएपछि यी ठाउँहरुमा होटल निमार्णको क्रम घटेको छैन् ।सरकारले पाँचतारे होटलका लागि विभिन्न मापदण्ड तोकेको छ । जस अनुसार उपत्यकामा पाँचतारे होटलको मान्यता पाउन कम्तीमा १०० कोठा र बाहीरको हकमा ८० कोठा अनिवार्य आवश्यक पर्छ ।

 

उपत्यका बाहिर कुन-कुन कहाँ बन्दैछन पाँच तारे होटल ?

 

काठमाडौँपछि रुपन्देहीमा ठूलो लगानीका होटेल निमार्णको आकर्षण देखिएको छ । देश संघीयतामा गएसँगे प्रदेशका राजधानीहरुमा नयाँ भौतिक संरचना बन्नेक्रम जारी रहेको छ । राजधानीको विकल्प माननिएका यि क्षेत्रहरुमा समेत ठुला होटल निर्माण हुने क्रम जारी छ । देशभरका विभिन्न पर्यटकीय गन्तव्यहरुमा होटल पूर्वाधार खुलिरहेका छन् ।

 

विभागको तथ्यांक अनुसार विराटनगरमा १ अर्ब ४८ करोड रुपैयाँ लागतमा द सेन्चुरियन होटल,रारा राष्ट्र्र्रिय निकुञ्जमा रारा परियोजना होटल पाइपलाइनमा रहेका छन् । यसैगरी, २ अर्ब १० करोड रुपैयाँ लागतमा सेदी लक्जरी होटल कास्कीमा खुल्नेक्रममा छ ।

 

होटल ब्लु माउन्टेन काभ्रेमा, मार्स कोर्डयार्ड होटल बाँके,हस्पिटालिटी,होटल पवन प्यालेस रुपन्देही,एशियन इन्टरनेशनल रिजेन्सी, र होटेल सेफेन सिके होटल रुपन्देहीमा संञ्चालन तथा निमार्णहुने क्रममा रहेका छन् ।

 

नेपाल-भियतनाम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मलहोत्रा निर्वाचित Read Previous

नेपाल-भियतनाम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मलहोत्रा निर्वाचित

सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल Read Next

सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल