काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मंगलबार दिउँसो १ बजे एल्लो प्यागोडा होटेलमा आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट ७७ हजार ४५६ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ती मध्ये भाग्यमानी ३ जनाले थप १ कित्ता सेयर पाएक छन् । २४ लाख ४५ हजार ४९९ जनाको हात रित्तो भएको छ ।
कम्पनीको आइपीओमा कुल २५ लाख २७ हजार १०१ जनाले आवेदन दिएका थिए । सोमध्ये ४ हजार १४६ आवेदन रद्द भएको र योग्य २५ लाख २२ हजार ९५५ जनालाई गोलाप्रथामा सहभागी गराइएको क्यापिटलले जनाएको छ ।

लघुवित्तले फागुन ११ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड २८ लाख ७५ हजार ५०० रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
हाल १७ करोड २१ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ वितरणपछि २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल क्यापिटलको वेबसाइट र नेष्डो समृद्ध लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।