अझै यी ४ लघुवित्तको सेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत ५० लघुवित्तमध्ये ४५ वटा लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।

 

लाभांश घोषणा गरिसकेकामध्ये ४१ वटाले साधरण सभाबाट पारित समेत गरिसकेका छन् भने ४ वटाको साधरण सभा हुन बाँकी छ ।

 

लाभांश घोषणा गरेकामध्ये सभा हुन बाँकी ४ लघुवित्तको सेयर किन्दा अझै प्रस्तावित लाभांश पाइन्छ । जीवन विकास, आरम्भ चौतारी, नयाँ सारथी र किसान लघुवित्तले साधरण सभा प्रयोजनका लागि बुकक्लोज गरेका छैनन् ।

 

तसर्थ, अझै सेयर किन्दा जीवन विकासको ७३.६८, आरम्भ चौतारीको २१, नयाँ सारथीको २० र किसान लघुवित्तको २५ प्रतिशत लाभांश पाइन्छ ।

 

लाभांश घोषणा गरेका ४५ लघुवित्तमध्ये सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्थाले गरेको छ । जीवन विकासले गत आवको मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

यस्तै, सबैभन्दा कम लाभांश एनआइसी एशिया लघुवित्त रहेको छ । एनआइसीले गत वर्षको नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश दिएको छ ।

रुख काट्ने प्रक्रिया ढिलो हुँदा मदन भण्डारी राजमार्गको काम सुस्त Read Previous

रुख काट्ने प्रक्रिया ढिलो हुँदा मदन भण्डारी राजमार्गको काम सुस्त

उपत्यकामा हट्यो स्मार्ट लकडाउन, अब यी काम गर्न पाइने Read Next

उपत्यकामा हट्यो स्मार्ट लकडाउन, अब यी काम गर्न पाइने