पर्यटन गतिविधि बढाउन प्रादेशिक ‘ट्राभल मार्ट’

काठमाडौं । झन्डै ३ वर्षदेखि कोभिडको कारण पर्यटकीय क्षेत्र अस्तव्यस्त रहेको छ । होटल, ट्राभल, हवाई लगायतका सम्पूर्ण पर्यटन क्षेत्र कोभिडको मारमा परेका थिए । कोभिडपछि पर्यटकीय क्षेत्रमा केही चहलपहल बढ्न थालेको छ ।

 

नेपाल पर्यटन बोर्डले कोभिडपछि पर्यटन क्षेत्रलाई चलायमान बनाउन ट्राभल मार्टको योजना ल्याएको छ । जसअन्तर्गत विभिन्न ४ स्थान ट्राभल मार्टको मेला राखिने योजना बनाइएको हो ।

 

बोर्डका योजना शाखाका अधिकारी मणिराज लामिछानेका अनुसार हिमालयन ट्राभल मार्ट, वेष्टन ट्राभल मार्ट, इन्टन ट्राभल मार्ट र बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट गरी ४ स्थानमा यो योजना प्रस्ताव गरिएको हो ।

 

उनले धादिङमा हिमालयन ट्राभल मार्ट, नेपालगञ्जमा वेष्टन ट्राभल मार्ट, धरानमा इष्टन ट्राभल मार्ट र लुम्बिनीमा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट गर्ने गरी योजना तयार पारिएको छ ।

 

प्रादेशिक रूपमा गर्न लागिएको यस ट्राभल मार्टमा विभिन्न प्रदेशका उत्पादन तथा संस्कार झल्काउने वस्तुहरूको प्रदर्शनी गरिने छ । यस ट्राभल मार्टमा एउटा प्रदेशको वस्तु अर्को प्रदेशमा लगी प्रदर्शनी गरिने लामिछानेले बताए ।

 

‘पहिले कोभिड थियो कोभिडको कारण पनि हामीले पर्यटकीय क्रियाकलापलाई गति दिन सकेनौँ, तर यसले गर्दा विदेशी पर्यटन नबढे पनि आन्तरिक पर्यटकको चहलपहल धेरै थिया,’ लामिछानेले भने ‘त्यसैले अब एक प्रदेशका मानिसहरू अर्को प्रदेशमा पुगेर उनीहरूको पनि संस्कार बुझुन भनेर यस्तो योजना बनाएका हौँ ।’

 

उक्त ट्राभल मार्ट आयोजनाका लागि भने मिति तोकिएको छैन । लामिछानेका अनुसार २०२२ भित्र उक्त मार्ट सञ्चालनमा ल्याउने योजना रहेको छ । उनले उक्त मार्टमा अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक पर्यटन बढाउने उद्देश्यका साथ सञ्चालन गर्ने तयारी भइरहेको हो ।

 

उनले कोभिडका कारण झण्डै ३ वर्ष पर्यटन क्षेत्र थला परेको बताए । उनले पर्यटन क्षेत्रलाई ब्युँत्याउनका निम्ती अब एयरलाइन्स व्यवसायीहरूसँग समन्वयन गरेर प्रादेशिक ट्राभल मार्ट सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

 

उनले एयरलाइन्सहरूलाई सस्तो टिकटको व्यवस्था गराउन समेत पहल भइरहेको बताए । यसले पयर्टन क्षेत्रमा मात्र नभई एयरलाइन्स क्षेत्रमा समेत ठूलो योगदान पुर्याउनेछ । यस योजनाले आन्तरिक पर्यटकहरूको चहलपहल बढाउने अनुमान गरिएको छ ।

 

उनले हाल बोर्डमा अन्य राजनीतिक विषयले गर्दा आयोजनामा काम हुन नसकेको बताए । विगतमा यस आयोजनालाई २०२२ को फ्रेब्रुअरीबाट सञ्चालनमा ल्याउने गरी एयरलाइसहरूसँग पहिलो चरणको छलफल भइसकेको उनले बताए ।

 

पर्यटन सिजन सुरू हुनै लाग्दा कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन सुरू भएपछि यस आयोजनाले गति पाउन सकेको थिएन । उनले अबको समयमा सक्दो चाँडो यस आयोजनालाई सार्थकता दिने गरी अघि बढ्ने बताए ।

 

पासपोर्ट र भिसा बिनै यात्रु जहाज चढेको घटना छानबिन गर्न समिति गठन Read Previous

पासपोर्ट र भिसा बिनै यात्रु जहाज चढेको घटना छानबिन गर्न समिति गठन

अझै यी १२ इन्स्योरेन्सको सेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ? Read Next

अझै यी १२ इन्स्योरेन्सको सेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ?