युक्रेनद्वारा सबै यात्रुवाहक विमानको उडान बन्द

काठमाडौं । युक्रेनको सरकारी हवाई ट्राफिक सेवाले रुसी आक्रमणपछि देशको हवाई क्षेत्र बन्द गरिएको जनाएको छ।

 

यात्रुवाहक विमानको उडान सुरक्षा ‘उच्च जोखिम’मा रहेका कारण किएभको समय अनुसार २ः४५ बजेदेखि सबै उडान रद्द गरिएको हो।

 

‘यात्रुवाहक उडानका निम्ति युक्रेनी हवाई क्षेत्रमा हवाई ट्राफिक सेवाको प्रावधान निलम्बन गरिएको छ,’ हवाई ट्राफिक सेवाले भनेको छ।

 

आज विहानदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि ‘सैन्य कारबाही’को घोषणा गरेका थिए । त्यसयता रुसले युक्रेनमा लगातार आक्रमण गर्दै आएको छ ।

 

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार अहिलेसम्म रुसी आक्रमणमा परी ४० बढी युक्रेनी सैनिकको मृत्यु भइसकेको छ भने आक्रमण जारी छ ।

मोरङ-सुनसरी ६ लेन सडक १ महिनाभित्र सम्पन्न हुने Read Previous

मोरङ-सुनसरी ६ लेन सडक १ महिनाभित्र सम्पन्न हुने

रुसलाई आर्थिक संकटमा पार्न कडा कदम चाल्दै अमेरिका र युरोपेली देश, यस्ता प्रतिबन्ध लगाउँदै छन् Read Next

रुसलाई आर्थिक संकटमा पार्न कडा कदम चाल्दै अमेरिका र युरोपेली देश, यस्ता प्रतिबन्ध लगाउँदै छन्