इमर्जिङ नेपालको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । इमर्जिङ नेपालको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आज दिउँसो साढे ३ बजे कार्निभल रिसोर्ट, बिजुलीबजारमा कम्पनीको आइपीओ बाँडफाँट भएको हो ।

 

सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार गोलाप्रथाबाट ५१ हजार ६६२ जनाले १० कित्ता दरले सेयर हात पारेका छन् भने भाग्यमानी ८ जनाले ११ कित्ता सेयर पाएका छन् । कम्पनीको आइपीओमा आवेदन दिएका पौने २३ लाख बढीको हात रित्तो भएको क्यापिटलले जनाएको छ ।

 

कम्पनीले माघ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर विक्रीम ल्याएको थियो । जसमा ११ हजार ११२ कित्ता कम्पनीका कर्मचारी, २७ हजार ७८० कित्ता सामूहिक लगानी कोष र ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

 

क्यापिटलका अनुसार कम्पनीको आइपीओमा कुल २३ लाख ३१ हजार २५८ जनाले २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयरको माग गरेका थिए । सोमध्ये २ हजार ५५२ वटा आवेदन रद्द भएको छ । सदर २३ लाख २८ हजार ७०६ वटा आवेदकलाई गोलाप्रथाबाट सहभागी गराइएको क्यापिटलले जनाएको छ ।

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

 

यसैगरी, विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट र इमर्जिङ नेपालको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

नेपालमै पहिलो पटक क्यान्सरको औषधि उत्पादन Read Next

नेपालमै पहिलो पटक क्यान्सरको औषधि उत्पादन