एकैपटक ३२ पुल बनाउन ठेक्का, यी ठाउँमा बन्दैछन्

काठमाडौं । सरकारले एकैपटक ३२ वटा पक्की पुल निर्माणका लागि ठेक्का लगाएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले स्थानीय तहदेखि तमोर करिडोरसम्म निर्माण हुने ३२ पुलको ठेक्का लगाएको हो ।

 

ती पुलहरु ९ वटा प्याकेजमा निर्माण गरिन लागेको हो । सो पुल निर्माणका लागि गत जेठमा महाशाखाले ठेक्का आह्वान गरेको थियो । ७ निर्माण कम्पनीले २ अर्ब २२ करोड ३३ लाख रुपैयाँ लागतको यो ठेक्का पाएका हुन् ।

 

२ देखि ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको कम्पनीहरुले पुलको डिजाइन र कन्स्ट्रक्सनका दुवै काम आफैं गर्नु पर्नेछ । हाल महाशाखाले छनोट भएका कम्पनीलाई १५ दिनभित्र सम्झौता गर्नका लागि आह्वान गरिएको छ ।

 

कहाँ पुल बनाउन कसले पाए ठेक्का ?

 

ठेक्का नम्बर १ मा भेरी खडङ, छालगाड खोला, भेरिखोलाको तल्लो बगर, भेरी करिडोर गरी ४ वटा खोलामा पुल बनाइने छ । डोल्पा/जाजरकोट/रुकुम पश्चिम तर्फ पर्ने उक्त खोलामा सो पुलहरु बनाउनका लागि शर्मा–सगुन जेभीले ठेक्का पाएको छ । सो निर्माण कम्पनीले ३७ करोड २१ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको हो ।

 

ठेक्का २ अन्तर्गत सालीसल्ला– सिमिकोट सडकमा पर्ने जुडी खोला, सिङघाट खोला, फुगाड खोलामा पुल बनाइने भएको छ । कालिकोट अन्तर्गत कुलालु–सिमिकोट सडकमा पर्ने उक्त खोलाको पुल निर्माण गर्न लुम्बिनी–रौताहा–खानी जेभीले ठेक्का पाएको छ । उक्त पुल १७ करोड २३ लाख रुपैयाँ लागतमा निर्माण गर्ने गरी कम्पनीले ठेक्का पाएको हो ।

 

ठेक्का नम्बर ३ जुडी खोला, बढिघाट खोला, कावाडी खोला, गल्फाघाट खोला, कर्णाली सलिसाल खोला र सारकेघाट खोलाम पुल बन्ने भएको छ । बाजुरा, हुम्ला अन्तर्गत कुलालु–सलिसल्ल–सिमिकोट सडकमा पर्ने उक्त खोलामा पुल बनाउन कुमार श्रेष्ठ–स्वामी नारायण–आशिर्वाद जेभीले ठेक्का पाएको छ । २२ करोड ५२ लाख रुपैयाँ लागतमा यी पुल निर्माण गरिनेछ ।

 

ठेक्का ४ मा लमही–तुलसीपुर घोराही सडक अन्तर्गत पर्ने कल खोला मा पुल बनाउन लुम्बीनी–रौतहा–खानी जेभीले पाएको छ । २२ करोड ७ लाख ८२ हजार २ सय २० रुपैयाँ छ ।

 

ठेक्का ५ मा लमही–तुल्सीपुर–घोराही सडकमा पर्ने गवार खोलामा पुल बन्ने भएको छ । कुमार श्रेष्ठ–स्वामीनाराण–आशिर्वाद जेभीले उक्त पुल निर्माण गर्न २९ करोड ८७ लाख रुपैयाँमा ठेक्का पाएको हो ।

 

ठेक्का ६ मा लमही–तुलसीपुर–घोराही सडक खण्डमा पर्ने हपुर खोलामा ४ लेनको पुल बन्ने भएको छ । पुल निर्माणको ठेक्का सञ्जिवनी निर्माण सेवा प्रालिले पाएको छ । पुल निर्माणका लागि १८ करोड ५३ लाख रुपैयाँ लागत तोकिएको छ ।

 

७ नम्बर ठेक्कामा मिर्चया, कटहरी घुर्मि सडक अन्तर्गतको खोक्सा खरे खोला, सिमापुर खहरे खोला, ताराघाट खरे खोला र गिधाबार खहरे खोलामा पुल बन्ने भएको छ । पुल निर्माणको जिम्मा हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिले पाएको छ । ३२ करोड ६८ लाख रुपैयाँमा लागतमा उक्त कम्पनीले ठेक्का पाएको हो ।

 

८ नम्बर ठेक्कामा सेतीराजमार्ग अन्तर्गत कैलाली–डोटी–अछाम सडकमा पर्ने झप्रि खोलामा पुल बन्ने भएको छ । २५ करोड ९६ लाख रुपैयाँ लागतमा कालिका–राजेन्द्र–भेदनश्री जेभीले ठेक्का पाएको छ ।

 

९ ठेक्कामा सेती राजमार्गको कैलाली–डोटी–अछाम खण्डमा पर्ने काडा खोलामा पुल निर्माण हुने भएको छ । १६ करोड २१ लाख ७८ हजार ६० रुपैयाँमा ठेक्का बीकेओआई बिल्डर्स प्रालिले उक्त पुल निर्माण गर्ने भएको हो ।

रिक्त भएको डेढ महिनापछि हेटौंडा सिमन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान Read Previous

रिक्त भएको डेढ महिनापछि हेटौंडा सिमन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान

क्रिप्टोकरेन्सी र नेटवर्किङ ठगीबाट जोगिन यी २७ कुरा बुझौं Read Next

क्रिप्टोकरेन्सी र नेटवर्किङ ठगीबाट जोगिन यी २७ कुरा बुझौं