शिखर इन्स्योरेन्सको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको ३० प्रतिशत अर्थात् १०ः३ अनुपातमा जारी गर्ने हकप्रद पाउन सेयर किन्ने अन्तिम दिन हो ।

 

कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।

 

शिखरले प्रतिकित्ता १०० रुपैयाँ दरले ५२ करोड ७५ लाख ५७ हजार २०० रपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्ने भएको हो ।

 

कम्पनीको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

 

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर ए’रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता सुरक्षित रहेको जनाउँछ ।

 

कान्तिपुर र नागरिक अस्पतालका कर्मचारी नै नक्कली पीसीआर धन्दामा, १० हजारमा नेगेटिभ रिपोर्ट Read Previous

कान्तिपुर र नागरिक अस्पतालका कर्मचारी नै नक्कली पीसीआर धन्दामा, १० हजारमा नेगेटिभ रिपोर्ट

माघ २७  देखि बलेफी हाइड्रोपावरले आइपीओ जारी गर्ने Read Next

माघ २७ देखि बलेफी हाइड्रोपावरले आइपीओ जारी गर्ने