नेशनल लाइफले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा दोब्बर लाभांश, बोनस र नगद कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७६/७७ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

 

इन्स्योरेन्स संचालक समितिको माघ १२ गते बसेको बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

 

कम्पनीले प्रस्ताव गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा झन्डै दोब्बर बढी हो ।  उक्त आवमा इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ गरी कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

अझै यी ६ कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ? Read Previous

अझै यी ६ कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ?

नारायणी नदीमा ५ अर्बको लागतमा तटबन्ध निर्माण सुरू Read Next

नारायणी नदीमा ५ अर्बको लागतमा तटबन्ध निर्माण सुरू