एशियन लाइफ इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज (माघ ११ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको २७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (माघ १२ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

एशियनले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले माघ २१ गते १३ औं वार्षिक साधरण सभा बोलाएको छ ।

 

प्रस्तावित लाभांश कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सिद्धबाबा सुरुङमार्ग निर्माण फागुनदेखि सुरु हुने Read Previous

सिद्धबाबा सुरुङमार्ग निर्माण फागुनदेखि सुरु हुने

छ्याङ्दी हाइड्रोपावरको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Next

छ्याङ्दी हाइड्रोपावरको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?