काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको आजदेखि १५० प्रतिशत हकप्रद सेयर विक्री खुला भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद विक्रीमा ल्याएको हो ।
बैंकको हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिने छ। बैंकले उक्त हकप्रद प्रयोजनका लागि पुस २६ गते बुकक्लोज मिति तोकेको थियो । सो अनुसार पुस २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।
बैंकको हकप्रद सेयरको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालय, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिने छ ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ। हाल २० करोड रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्कासनपछि ५० करोड रुपैयाँ पुग्नेछ।