काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको पुस २९ गते बसेको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रभुले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा १.०५ प्रतिशत बढी हो । कम्पनीले उक्त आवमा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नदग गरी कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।