एनएमबी बैंकको प्रमोटर सेयर २२० रुपैयाँमै किन्ने अवसर !

काठमाडौं । एनएमबी बैंकको संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा आएको छ । बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख ४९ हजार ६९३ कित्ता सेयर लिलामी मार्फत विक्री गर्न लागेका  हुन्।

 

बैंकको प्रमोटर सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

 

बैंकको सेयर खरिद गर्न इन्छुक संस्थापकले ((पुस २७ गते) देखि ३५ दिन भित्र एनएमबी बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

 

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी विक्री खुला गरिने बैंकले जनाएको छ ।

 

कोरोना रोकथामका लागि १८ बुँदे आदेश जारी, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? Read Previous

कोरोना रोकथामका लागि १८ बुँदे आदेश जारी, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

निजी बैंकको सीईओको तलब सरकारीकोभन्दा ८ गुणासम्म बढी, कुन बैंकको सीईओले कति खान्छन् ? Read Next

निजी बैंकको सीईओको तलब सरकारीकोभन्दा ८ गुणासम्म बढी, कुन बैंकको सीईओले कति खान्छन् ?