नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बम्पर लाभांश पाउन सेयर किन्ने आज (पुस २६ गते) अन्तिम दिन रहेको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको ४५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (पुस २७ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

नेशनलले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न माइक्रोफाइनान्सले माघ ६ गते आठौं वार्षिक साधरण सभा बोलाएको छ ।

 

प्रस्तावित लाभांश कम्पनीले साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

नेपालीले ४ महिनामै खाए १ अर्ब १७ करोडको काजु र बदाम Read Previous

नेपालीले ४ महिनामै खाए १ अर्ब १७ करोडको काजु र बदाम

अब आन्तरिक हवाई यात्रामा खोप कार्ड अनिवार्य Read Next

अब आन्तरिक हवाई यात्रामा खोप कार्ड अनिवार्य