कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सुरक्षित गर्ने आज (पुस २५ गते) अन्तिम दिन रहेको छ । बैंकले माघ ७ गतेदेखि जारी गर्ने १५० प्रतिशत हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

 

बैंकले उक्त हकप्रद प्रयोजनका लागि पुस २६ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म कायम नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।

 

बैंकले नेपाल धितोपत्र बोर्डबाट १ः१.५ अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्नेछ।

 

बैंकको हकप्रद सेयरको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालय, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर सफ्टवेयरमार्फत माघ २७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।

 

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ। हाल २० करोड रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्कासनपछि ५० करोड रुपैयाँ पुग्नेछ।

 

एनआइसी एशिया बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, ४ जना पक्राउ Read Previous

एनआइसी एशिया बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, ४ जना पक्राउ

१५ महिनापछि कुर्था-जयनगर रेलको सफल परीक्षण Read Next

१५ महिनापछि कुर्था-जयनगर रेलको सफल परीक्षण