२ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (पुस २१ गते) अन्तिम दिन रहेको छ । गुह्येश्वरी मर्चेन्ट बैंकि एड फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

दुवै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (पुस २२ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

गुह्येश्वरी मर्चेन्टले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न फाइनान्सले पुस २९ गते वार्षिक साधरण सभा बोलाएको छ । फाइनान्सको सभा हरिहर भवन पुलचोक, ललितपुरमा हुनेछ ।

 

त्यसैगरी, श्री इन्भेष्टमेन्टले गत वर्षको नाफाबाट घोषणा गरेको ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधरण सभा बोलाएको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा हुनेछ ।

 

दुवै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

६३६ मेगावाटको 'सुनकोशी-तेस्रो’को अनुमानित लागत १ खर्ब ६० अर्ब Read Previous

६३६ मेगावाटको 'सुनकोशी-तेस्रो’को अनुमानित लागत १ खर्ब ६० अर्ब

ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी विरुद्ध १ अर्ब २० करोड राजस्व छलीको मुद्दा Read Next

ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी विरुद्ध १ अर्ब २० करोड राजस्व छलीको मुद्दा