२०२२ रुपैयाँमा आजीवन डिम्याट खाता

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ‘आजीवन डिम्याट खाता २०२२’ अफर ल्याएको छ । कम्पनीले वर्षैपिच्छे डिम्याट र मेरोसेयर नवीकरण गर्ने झन्झटबाट मुक्त गराउने उद्देश्यले २०२२ रुपैयाँमा आजीवन डिम्याट खाता खोल्न अफर ल्याएको हो ।

 

यस अफर अनुसार लगानीकर्ताले सुरुमा २०२२ रुपैयाँ तिरेर डिम्याट खाता खोलेपछि बाँचुन्जेल (आजीवन) डिम्याट र मेरोसेयर नवीकरण शुल्क तिर्नु पर्दैन । यो योजना सन् २०२२ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म लागू हुने नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

 

यो सुविधा विद्यमान खातावालाहरुले पनि प्राप्त गर्न सक्नेछन् । कम्पनीले आफ्ना हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावालाहरुलाई आफ्नो डिम्याट खाताको योजना पुषको २६ गतेदेखि लागू गरेको हो ।

 

यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकैपटक ३ हजार रुपैयाँ भुक्तानी गरी आजीवन नवीकरण गरेका थिए । तर यो नयाँ वर्ष २०२२ बाट ९७८ रुपैयाँ छुटसहित २ हजार २२ रुपैयाँमा आजीवन नवीकरण गर्न मिल्ने नयाँ योजना कम्पनीले सार्वजनिक गरेको हो ।

 

यसका साथै आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नका लागि नबिल इन्भेष्टको https;|/onlinedemat.nabliinvest.com.np/ मा गई खोल्न सकिने छ  ।

 

त्यस्तै, नवीकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https;|/onlinedemat.nabliinvest.com.np/Payment/DematRenew गई अनलाइनबाट नै भुक्तानी गर्न सकिन्छ । यो सुविधा अन्तर्गत विदेशमा रहेका वा खाता नवीकरण गर्न असमर्थ भएका लगानीकर्ताहरूले एकैपटक र एकमुष्ट रकम जम्मा गरी आजीवन नवीकरणको झन्झटबाट मुक्त हुन सक्नेछन् ।

बजेट नहुँदा टीकापुर विमानस्थल सञ्चालन अन्योलमा Read Previous

बजेट नहुँदा टीकापुर विमानस्थल सञ्चालन अन्योलमा

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?