सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । पछिल्ला दुई दिनमा ७१ अंकले घटेको बजार आज ५ अंकले बढेको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० करोडले बढेर साढे ३ अर्ब नाघेको छ ।

 

मंगलबार सेयर बजार मापक सूचक नेप्से ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको छ । आज २२८ कम्पनीको ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९२ रुपैयाँ बराबरको ५६ लाख ३८ हजार २७९ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ वटाको राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ भने लगानी समूह पनि ०.३२ प्रतिशतले घटेको छ ।

 

आज कारोबार भएका २२८ कम्पनीमध्ये १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ । १७ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ५२ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक ४७ करोड र मञ्जुश्री फाइनान्स २२ करोडको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

 

झिनो अंकले बढेको बजारमा आज मध्यभोटेकोशी जलविद्युत् कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, नेपाल बंगलादेश बैंक ९.०८, प्रिमियर इन्स्योरेन्स ६.५९, राष्ट्रिय बीमा कम्पनी ५.९३, आरएमडीसी लघुवित्त ५.५४, गोर्खा फाइनान्स ४.१७, ‘नबिल ब्यालेन्स फण्ड २’ ३.८९, नेशनल माइक्रोफाइनान्स, अपी पावर गुराँस लघुवित्तको मूल्य साढे २ प्रतिशतले बढेको छ ।

 

बढ्दो बजारमा आज नारायणी विकास बैंक्का सेयरधनीले सबैभन्दा धेरै ३.३९ प्रतिशत गुमाएका छन् ।

अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने Read Previous

अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने

पृथ्वीका खानीमा अब कति बाँकी छ सुन ? Read Next

पृथ्वीका खानीमा अब कति बाँकी छ सुन ?