काठमाडौं । कोरोना प्रभावित व्यवसायीलाई नेपाल राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको पुनरकर्जा सुविधा १ दर्जन हाइड्रोपावरले उपभोग गरेका छन् ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १२ वटा हाइड्रोपावरले विभिन्न्र बैंक तथा वित्तीय संस्थाहरुबाट कुल २ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ पुनरकर्जा लिएका हुन् ।
अधिकांश हाइड्रोपावर कम्पनीहरुले पुनरकर्जाबापत २० करोड रुपैयाँ ऋण लिएका छन् । नेपाल हाइड्रो डेभलपर, विन्धबासिनी हाइड्रोपावर डेभलपमेन्ट, अपर हेवाखोला हाइड्रोपावर, माइखोला हाइड्रोपावर प्राइभेट लिमिटेड, सुपरमाई हाइड्रोपावर, सुरीखोला हाइड्रोपावर, विकास हाइड्रोपावर कम्पनी, रावा इनर्जी डेभलपमेन्ट कम्पनी र घलेम्दी हाइड्रोपावरले २०/२० करोड रुपैयाँ पुनरकर्जा लिएका हुन् ।
त्यसैगरी, मन्दाकिनि हाइड्रोपावरले १७ करोड ३१ लाख रुपैयाँ, युनियन हाइड्रोपावर कम्पनीले ९ करोड ८७ लाख रुपैैयाँ र सानिमा हाइड्रोपावरले १२ करोड ४० लाख रुपैयाँ पुनरककर्जा लिएका छन् । चालु आवमा हालसम्म ९१ जना ऋणीले ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा सुविधा लिएको राष्ट्र बैंकले जनाएको छ ।