सेयर बजारमा लगातार उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार उछाल आएको छ । मंगलबार ५६ अंकले बढेको नेप्से आज एकैदिन ९२ अंकले बढेको हो । पछिल्लो दुई दिनमै नेप्से १४८ अंकले बढेको छ ।

 

सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै दोब्बरले बढेर साढे ४ अर्ब नाघेको छ ।

 

ब्ुधबार सेयर बजार मापक सूचक नेप्से ९२.१६ अंकले बढेर २५०७.७० विन्दुमा पुगेको छ । आज २३३ कम्पनीको ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँ बराबरको ८१ लाख ४ हजार ३१९ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । व्यापार समूह सबैभन्दा धेरै ८.२३ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादनमूलक समूह ७.६६ र हाइड्रोपावर समूह ६.०३ प्रतिशतले बढेको छ ।

 

उच्च अंकले बढेको बजारमा आज आधा दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अरुण भ्याली, वरुण हाइड्रोपावर, अपर तामाकोशी र शिवम् सिमेन्टको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यसैगरी, स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्स र आरएसडीसी लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

त्यस्तै, हिमालयन डिस्ट्रीलरी, हिमाल दोलखा, युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशभन्दा धेरैले बढेको छ भने सबैको लघुवित्त, युनाइटेड मोदी, साल्ट ट्रेडिङ, मितेरी डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत्का लगानीकर्ताले ८ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

 

बढ्दो बजारमा आज ‘नबिल डिबेन्चर २०८५’लगानीकर्ताले सबैभन्दा धेरै ४.५९ प्रतिशत गुमाएका छन् ।

प्राधिकरणको सहायक कम्पनीको राहुघाट जलविद्युतको काम सुरू Read Previous

प्राधिकरणको सहायक कम्पनीको राहुघाट जलविद्युतको काम सुरू

बेनी-जोमसोम-कोरला सडकमा दुई लेनको सुरूङ बन्ने Read Next

बेनी-जोमसोम-कोरला सडकमा दुई लेनको सुरूङ बन्ने