काठमाडौं-थवाङ सीधा बस सेवा सुरू, अब १२ घण्टामै पुग्न सकिने

काठमाडौं । रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौंसँग जोडिएको हो ।

 

बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौँका लागि रात्रिबस सेवा सुरु भएको छ ।

 

हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ । यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडौं जाने गरेका थिए । थवाङ–लिवाङ र लिवाङ–काठमाडौंको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ–काठमाडौँ बस सेवा सुरु भएसँगै राहत मिलेको छ

हिमालयन डिस्ट्रीलरीको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

हिमालयन डिस्ट्रीलरीको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

जुर्मुराउँदै पोखराको पर्यटन, १० दिनमै पुगे २ लाख आन्तरिक पर्यटक Read Next

जुर्मुराउँदै पोखराको पर्यटन, १० दिनमै पुगे २ लाख आन्तरिक पर्यटक