सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिारवट आएको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार ३७ अंकले घटेर बन्द भएको हो ।

 

यससाता सेयर बजारमा तीव्र उतरचढाव आएको छ । साताको सुरुका दुई दिनमा १६७ अंकले घटेको बजार मंगलबार एकैदिन १३७ अंकले बढेको थियो । त्यस्तै बुधबार झिनो अंकले घटेको नेप्से आज दोहोरोअंकले घटेको हो । समग्रमा यससाता नेप्से ७० अंकले घटेको छ ।

 

आज सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब २८ करोडले घटेर सवा २ अर्बमा सीमित भएको छ ।

 

बिहीबार सेयर बजार मापक सूचक नेप्से ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा आइपुगेको छ । आज २२४ कम्पनीको २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ रुपैयाँ बराबरको ५३ लाख ७९ हजार ८६० कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.६६ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूह पनि ३.०१ प्रतिशतले घटेको छ ।

 

कारोबारमा आएका २२४ कम्पनीमध्ये जम्मा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

उच्च अंकले गिरावट आएको बजारमा पनि आज नेपाल बंगलादेश बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएक छन् ।

 

घट्दो बजारमा आज ग्रीन लाइफ हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ७.५९ प्रतिशत गुमाएका छन् । त्यसैगरी, मैलुङखोला ७.५१, हिमालयन पावर ७.०७, नेशनल हाइड्रोपावर, दिव्यश्वरी र माउन्टेन हाइड्रोको मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंक, सबैको लघुवित्त, तेह्रथुम पावर, सेन्टर फाइनान्स, कर्णली डेभलपमेन्ट बैंकसहित १ दर्जन कम्पनीको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

तरलता अभावले आँत्तिदै व्यवसायी र सरकार, आर्थिक संकट हुने चिन्ता Read Previous

तरलता अभावले आँत्तिदै व्यवसायी र सरकार, आर्थिक संकट हुने चिन्ता

बुद्ध एयरको जहाजमा उडेको केही बेरमै यान्त्रिक गडबडी आएपछि... Read Next

बुद्ध एयरको जहाजमा उडेको केही बेरमै यान्त्रिक गडबडी आएपछि...