तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (पुस १ गते) अन्तिम दिन रहेको छ । सनराइज बैंक, प्रभु बैंक र मनकामना स्मार्ट लघुवित्तले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

तीनै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (पुस २ देखि ४ गतेसम्म) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

सनराइज बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस १५ गते बैंकको अमरपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

 

त्यसैगरी, प्रभु बैंकले गत वर्षको नाफाबाट घोषणा गरेको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश पारित गर्न पुस १८ गते २० औं वार्षिक साधरण सभा बोलाएको छ । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा हुनेछ ।

 

त्यस्तै, मनकामना लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्ने मुख्य एजेन्डासहित पुस १९ गते चौथो वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट प्रस्ताव गरेको १७ प्रतिशत बोनस सेयर लाभांश पारित गर्न होटल पौवा, रुपन्देहीमा सभा बोलाएको हो ।

 

तीनै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

क्लासिक टेकको ट्याकयोन-१ जीबीपीएस  इन्टरनेट सेवा सुरू Read Previous

क्लासिक टेकको ट्याकयोन-१ जीबीपीएस  इन्टरनेट सेवा सुरू

बिजुलपुरा-बर्दिवास खण्डमा जग्गाको मुआब्जा निर्धारण Read Next

बिजुलपुरा-बर्दिवास खण्डमा जग्गाको मुआब्जा निर्धारण