बुटवल पावरले घोषणा गर्‍यो ४ वर्ष यताकै कम लाभांश, बोनस र नगद कति ?

काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

कम्पनी सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

कम्पनीले घोषणा गरेको यो लाभांश पछिल्लो ४ वर्ष यताकै कम हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत नै लाभांश दिएको थियो ।

 

प्रस्तावि लाभांश नियामक निकाय विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

४ लेनको बन्दै गरेका १२ सडकको यस्तो छ प्रगति Read Previous

४ लेनको बन्दै गरेका १२ सडकको यस्तो छ प्रगति

मल्टिपर्पस फाइनान्सको लाभांश घोषणा Read Next

मल्टिपर्पस फाइनान्सको लाभांश घोषणा