काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको बम्पर लाभांश पाउन सेयर किन्ने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्न सेयर किन्ने आज अन्तिम दिन हो ।
लघुवित्तले साधरणसभा प्रयोजनका लागि भोलि (पुस १ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
सपोर्टले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद गरी कुल ३१.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश लघुवित्तको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।