नेपाल पुनर्बीमा कम्पनीले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको लाभांश पारि गर्न साधारण सभा बोलाएको छ ।

 

कम्पनीले पुस २२ गते छैठौँ वार्षिक साधारण सभा कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा डाकेको हो । सभामा कम्पनीले गतथ वर्षको मुनाफाबाट घोषणा गरेको १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।

 

त्यसैगरी, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत लगानीकर्ताबाट २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सभामा लैजाने भएको छ ।

 

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुकक्लोज गर्ने भएको छ । त्यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश पाउँछन् ।

एउटै खोलामा ४ जलविद्युत् आयोजना निर्माण सुरू, कुन-कुन कम्पनीले बनाउँदै छन् ? Read Previous

एउटै खोलामा ४ जलविद्युत् आयोजना निर्माण सुरू, कुन-कुन कम्पनीले बनाउँदै छन् ?

सिद्धार्थ राजमार्ग १५ दिन बन्द हुने Read Next

सिद्धार्थ राजमार्ग १५ दिन बन्द हुने