मञ्जुश्री फाइनान्सद्धारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।

 

फाइनान्स सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

फाइनान्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

 

हाल ९६ करोड ५३ लाख ९४ हजार ८९२ रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको बोनस वितरणपछि चुक्ता पूँजी १ अर्ब ३५ १५ लाख ५२ हजार ८४९ रुपैयाँ पुग्नेछ ।

एफएनसीसीआई र दराज बीच सम्झौता, दराजले एसएमईजका उत्पादनलाई निःशुल्क सेवा दिने Read Previous

एफएनसीसीआई र दराज बीच सम्झौता, दराजले एसएमईजका उत्पादनलाई निःशुल्क सेवा दिने

नेपाली बजारमा एमजी हेक्टरको विक्री सुरू, कति पर्छ मूल्य ? Read Next

नेपाली बजारमा एमजी हेक्टरको विक्री सुरू, कति पर्छ मूल्य ?