दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (मंसिर २२ गते) अन्तिम दिन रहेको छ । आइसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

दुवै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (मंसिर २३ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

स्वाभिमान लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३२.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७ प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले पुस ८ गते लघुवित्तले केन्द्रीय कार्यालय रुपन्देहीमा ५ औं वार्षिक साधारण सभा बोलाएको छ ।

 

त्यसैगरी, आइसीएफसी फाइनान्सले गत वर्षको नाफाबाट घोषणा गरेको १४ प्रतिशत लाभांश पारित गर्न पुस ५ गते साधरण सभा बोलाएको छ । कम्पनीको सभा अमरपाली ब्यांक्वेट, काठमाडौंमा हुनेछ ।

 

दुवै कम्पनीको प्रस्तावित लाभांश वार्षिक साधरण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।

गल्छी-स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माणमा ढिलाइ, अझै लागेन जग्गाको टुंगो Read Previous

गल्छी-स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माणमा ढिलाइ, अझै लागेन जग्गाको टुंगो

गाडी किन्न बैंकहरूले दिए पौने २ खर्ब ऋण, कुनले कति ? Read Next

गाडी किन्न बैंकहरूले दिए पौने २ खर्ब ऋण, कुनले कति ?