एनसीसी बैंकले घोषणा गर्‍यो ९ वर्ष यताकै कम लाभांश, बोनस र नगद कति ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले घोषणा गरेको यो लाभांश पछिल्लो ९ वर्ष यताकै कम हो । बैंकले यसअघि २०६८/७९ मा ५.२६ प्रतिशत कम लाभांश दिएको थियो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

बन्दीपुर केबलकार अन्तिम चरणमा, कहिलेदेखि आउँछ संचालनमा ? Read Previous

बन्दीपुर केबलकार अन्तिम चरणमा, कहिलेदेखि आउँछ संचालनमा ?

पर्वतारोहण सङ्घले ३ हजार पर्यटन मजदूरलाई राहत दिने Read Next

पर्वतारोहण सङ्घले ३ हजार पर्यटन मजदूरलाई राहत दिने