आरएमडीसी लघुवित्तले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको मंसिर १५ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा ५ प्रतिशत धेरै हो । उक्त आवमा लघुवित्तले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिएको थियो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सटल बस सेवा सुरु, कति बजेसम्म चल्छ ? Read Previous

एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सटल बस सेवा सुरु, कति बजेसम्म चल्छ ?

बन्दीपुर केबलकार अन्तिम चरणमा, कहिलेदेखि आउँछ संचालनमा ? Read Next

बन्दीपुर केबलकार अन्तिम चरणमा, कहिलेदेखि आउँछ संचालनमा ?