सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ६ कम्पनी

काठमाडौं । सेयर बजारमा सुधार आएको छ । पछिल्ला तीन दिनमै १०० अंकले घटेको बजार आज ५ अंकले बढेको हो ।

 

यससाता आइतबारदेखि लगातार ओरालो लागेको नेप्सेमा आज समान्य सुधार आएको हो । सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३२ करोडले घटेर पौने ३ अर्बमा सीमित भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ५.२८ अंकले बढेर २६३३.६६ विन्दुमा पुगेको छ । मंगलबार २२३ कम्पनीको २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँ बराबरको ५३ लाख १० हजार २१५ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ९ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढेको छ भने होटल समूह ०.५५ प्रतिशतले घटेको छ ।

 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे १४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रीलरी १० करोड र महिला लघुवित्त ९ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

सामान्य अंकले बढेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । न्यादी हाइड्रोपावर र सामलिङ पावर कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

 

यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३३ प्रतिशत, समृद्धि फाइनान्स ७.७३, नारायणी विकास बैंक ७.३९ र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ५.२६ प्रतिशतले बढेको छ ।

 

बढ्दो बजारमा आज आइसीएफसी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.६२ प्रतिशतले बढेको छ ।

 

 

नेताका भाषणले मात्रै वैदेशिक लगानी आउँदैन, यसरी सुधार गरौँ : राधेश पन्तको विचार Read Previous

नेताका भाषणले मात्रै वैदेशिक लगानी आउँदैन, यसरी सुधार गरौँ : राधेश पन्तको विचार

एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सटल बस सेवा सुरु, कति बजेसम्म चल्छ ? Read Next

एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सटल बस सेवा सुरु, कति बजेसम्म चल्छ ?