महिला लघुत्तिको बम्पर लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको बम्पर लाभांश पाउन सेयर किन्ने आज (मंसिर १५ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको ५० लाभांश सुरक्षित गर्न सेयर किन्ने आज अन्तिम दिन हो ।

 

लघुवित्तले साधरणसभा प्रयोजनका लागि भोलि (मंसिर १६ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

महिलाले गत आर्थिक वर्षको नाफाबाट ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर २२ गते हिमालय दृश्य रिसोर्ट धुलिखेलमा चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

 

प्रस्तावित लाभांश लघुवित्तको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

अघि बढ्यो ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माण प्रक्रिया Read Previous

अघि बढ्यो ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माण प्रक्रिया

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्दै नेपाल एयरलाइन्स, दिल्लीमा ७ उडान थप Read Next

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्दै नेपाल एयरलाइन्स, दिल्लीमा ७ उडान थप