पूर्वपश्चिम रेलमार्ग : इनरुवा-काँकडभिट्टा खण्डमा ६०० हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने, निकुञ्ज क्षेत्रमा फ्लाइओभर

काठमाडौं । पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि करिब ६०० हेक्टर जमिन अधिग्रहण गर्नुपर्ने भएको छ । रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डको १०६ किलोमिटर रेलमार्गको दायाँबाँया ६०० हेक्टर जग्गा अधिग्रणह गर्नु पर्ने भएको हो ।

 

झापा, मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयोजकत्वको टोलीले गरेको अध्ययनले उक्त जग्गा अधिग्रहण गर्नुपर्ने देखाएको हो ।

 

उक्त जमिन अधिग्रहणका लागि २० अर्ब बढी मुआब्जा दिनुपर्ने रेल विभागले जनाएको छ । रेल विभागका महानिर्देशक दीपक भट्टराईले काँकडभिट्टादेखि इनरुवाको जमिन अधिग्रहणका लागि २० देखि २३ अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने बताए । उनले उक्त क्षेत्रमा १०६ किलोमिटर सडकमा रेलमार्ग बनाउन जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था सृजना भएको बताए ।

 

‘हामीलाई ६०० हेक्टर जग्गा अधिग्रहण गर्न २० देखि २४ अर्ब रुपैयाँ हाराहारी रकम मुआब्जा दिन आवशयक पर्छ भन्ने अनुमान हो, बजेटका लागि मन्त्रालयमा माग गरेका छौं,’ भट्टराईले चाणक्य पोष्टसँग भने ।

 

निकुञ्ज क्षेत्रको विकल्पमा फ्लाइ ओभर बनाउनु पर्ने

 

उक्त रेलमार्ग चितवन राष्ट्रिय निकुन्ज हुँदै जाने भए पनि त्यसको विकल्पको रुपमा फ्लाई ओभर तथा रुट परिवर्तनको तयारी विभागले गरिरहेको छ । कुन विकल्प उचित हुन्छ भनेर अध्ययन भइरहेको भट्टराईले जानकारी दिए । उनले २० हजारी ताल क्षेत्रमा ४ किलोमिटरमा रेल फ्लाइओभर हुँदै सञ्चालन गर्नेकी भन्ने बारे अध्ययन भइरहेको बताए ।

 

रेलमार्ग निर्माणका क्रममा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै जाने गरी रेलमार्गको प्रारम्भिक अध्ययन भएको थियो । रेलमार्गका लागि विभागले पथलैयाबाट माडी क्षेत्रको जंगल हुँदै रेलमार्ग निर्माणका लागि प्रस्ताव गरेको थियो ।तर, चितवन राष्ट्रिय निकुञ्जले रेलमार्ग बीचभागबाटै लैजाँदा दुर्लभ वन्यजन्तुहरूको संरक्षणमा चुनौती थपिने भन्दै अनुमति नदिने अडान लिएको थियो ।

 

चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले २० हजारी पोखरी छेउबाट रेल लगे पनि त्यहाँ फ्लाई ओभर हालेर मात्र गर्न पाइने नत्र निर्माण गर्न नदिइने बताए ।

 

उनले जंगली जनावरहरू त्यस क्षेत्रमा हिड्दा रेलमा ठोकिने र मृत्यु हुने सम्भावना भएको भन्दै रेल निर्माणका लागि फ्लाईओभर बाहेको विकल्प नभएको बताए ।

 

‘२० हजारीबाट रेल लगेपनि सिदा ट्रयाक बिछाएर लान मिल्दैन, फ्लाइओभर हालेर लाने भए हुन्छ, नत्र जनावरहरू ठोकिएर दुर्घटना हुन सक्छ, यसमा अझै हामी सम्बेदन छौं,’ आर्चायले चाणक्य पोष्टसँग भने ।

 

निजगढ–बर्दिबास खण्डमा धमाधम काम हुँदै

 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निजगढ– बर्दिबास रेलमार्गमा माटो हाल्ने तथा पुलहरू बनाउने काम भइरहेको विभागले जनाएको छ । उक्त खण्डमा लिज राख्ने तथा अन्य पूर्वाधारको काम भइरहेको विभागका महानिर्देशक भट्टराईले बताए । निजगढ–बर्दिबास रेलमार्गको ७० किलोमिटर मध्ये ३५ किलोमिटरमा माटो भर्ने, पुल निर्माण लगायतका ठेक्काको काम सकिएको उनले बताए ।

 

सोखण्ड अन्तर्गत ३० किलोमिटरमा लिक बिछ्याउन विभागले अर्थमन्त्रालयसँग २४ अर्ब रुपैयाँ बजेट माग गरेको छ । बजेट सुनिश्चित हुना साथ विभागले ठेक्का निकालेर काम सुरु गर्ने जनाएको छ ।

 

पूर्व-पश्चिम ९४५ किलोमिटर रेलमार्गमध्ये निजगढ– बर्दिबासको ७० किलोमिटर सडक खण्डमा मात्रै ब्रोडगेज डिजाइन भएर निर्माण भइरहेको हो ।
पूर्व-पश्चिम विद्युतीय रेलमार्ग स्ट्याण्डर्ड (एडभान्स) गेजमा निर्माण गर्ने भनिए पनि एउटा खण्ड भने ब्रोडगेजमा निर्माण भइरहेको छ ।

 

यातायात विभागले १०० सवारीमा निःशुल्क जीपीएस जडान गर्दिने, पहिला आवेदन गर्नेले पाउने Read Previous

यातायात विभागले १०० सवारीमा निःशुल्क जीपीएस जडान गर्दिने, पहिला आवेदन गर्नेले पाउने

सेयर बजारमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Next

सेयर बजारमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी