काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । मेगा बैंक नेपाल र ग्लोबल आइएमईले लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (मंसिर १४ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
मेगा बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.०७ प्रतिशत नगद गरी कुल १२.०७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर २८ गते प्रज्ञाभवन काठमाडौंमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।
त्यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको २८ प्रतिशत बोनस सेयर लाभांश पारित गर्न मंसिर २८ गते नवौं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा होटल पोखरा ग्राण्डमा हुनेछ ।
दुवै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।