नेप्सेमा झिनो गिरावट, यी हुन् धेरै मूल्य घट्ने ७ कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । दिनभर तीव्र उतरचढाव देखिएको नेप्से अन्त्यमा ३ अंकले घटेर बन्द भएको हो ।

 

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७३ करोडले घटेर पौने ४ अर्बमा सीमित भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ३.२२ अंकले बढेर २७३१.७८ विन्दुमा आइपुगेको छ । बिहीबार २३३ कम्पनीको ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँ बराबरको ७४ लाख ८६ हजार ५७५ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये अन्य, बैंकिङ र होटल बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ ।अन्य समूह सबैभन्दा धेरै ०.९१ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै १.४४ प्रतिशतले घटेको छ ।

 

कारोबारमा आएका २३३ कम्पनीमध्ये ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, महालक्ष्मी विकास बैंक १६ करोड र सिभिल बैंक साढे १४ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

झिनो अंकले घटेको बजारमा आज समृद्धि फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.२७ प्रतिशत कमाएका छन् ।घट्दो बजारमा आज मानुषी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ६.९३ प्रतिशत गुमाएका छन् ।

 

त्यसैगरी, साना किसान लघुवित्त ५.०८ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक ४.९५ प्रतिशत, कुमारी बैंकको डिबेञ्चर ४.४१, हिमाल दोलखा हाइड्रोपावर ३.८२ र चन्द्रागिरि हिल्सको सेयर मूल्य ३.०१ प्रतिशतले घटेको छ ।

 

नारायणगढ-बुटवल राजमार्गमा ठूला गाडी चलाउन रोक Read Previous

नारायणगढ-बुटवल राजमार्गमा ठूला गाडी चलाउन रोक

काम गर्ने आँट र जाँगर भए विदेश जानु पर्दैन, किवी खेतीबाटै वार्षिक १६ लाख आम्दानी Read Next

काम गर्ने आँट र जाँगर भए विदेश जानु पर्दैन, किवी खेतीबाटै वार्षिक १६ लाख आम्दानी