इन्फिनिटी लघुवित्तले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा दोब्बर लाभांश घोषणा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.१६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश अघिल्लो आव २०७६/७७को तुलनामा झन्डै दोब्बर हो । लघुवित्तले उक्त आवमा १५ प्रतिशत लाभांश दिएको थियो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

ड्राइभरहरू गाडी रोकेर सडकमा झरेको पैसा टिप्न थालेपछि... Read Next

ड्राइभरहरू गाडी रोकेर सडकमा झरेको पैसा टिप्न थालेपछि...