काठमाडौं उपत्यकामा एक दर्जन नयाँ होटल खुल्दै

काठमाडौं । पछिल्लो समय पर्यटन क्षेत्र क्रमशः चलायमान हुन थालेसँगै यस क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिन थालेको छ ।

 

विश्वभर कोरोना प्रभाव कम हुँदै गएको, अधिकांश देशले खोप लगाइरहेकाले विदेशी पर्यटक आउने क्रम बढेसँगै व्यवसायीहरुले पनि होटल व्यवसायमा थप लगानी गर्न थालेका हुन् ।

 

एकपटक लगानी गरेपछि वर्षौंसम्म निरन्तर आम्दानी गर्न सकिने भएपछि यस क्षेत्रमा व्यवसायीहरूको आकर्षण बढेको देखिन्छ । नेपालमा पर्यटनको भविष्य राम्रो देखिएकाले पनि यस क्षेत्रमा नयाँ लगानी आउने क्रम बढेको हो ।

 

हाल करिब आधा दर्जन तारे होटल निर्माणधीन रहेको काठमाडौं उपत्यकामा थप १ दर्जन पर्यटकीयस्तरका होटल तथा रेष्टुरेण्ट खुल्ने भएका छन् । चालू आर्थिक वर्षको ४ महिनामा काठमाडौं उपत्यकामा संचालन गर्नेगरी १ दर्जन होटल दर्ता भएको उद्योग विभागले जनाएको छ ।

 

विभागका अनुसार २५ करोड रुपैयाँदेखि ५ अर्बसम्म लगानीका होटल दर्ता भएका छन् । जसमा ९ वटा विदेशी लगानीमा बन्न लागेका छन् भने २ वटा पूर्ण स्वदेशी लगानीमा बन्ने भएका हुन् । त्यस्तै, एउटा विदेशी र स्वदेशी संयुक्त लगानीमा बन्ने भएको हो । यी एकदर्जन होटल कुल साढे ८ अर्ब लगानीमा बन्न लागेका हुन् ।

 

कति बेड क्षमताका होटल बन्दैछन् ?

 

सूर्य नेपाल प्रालिले काठमाडौंको बुढानिलकण्ठमा पाँच तारे होटल तथा रेष्टुरेन्ट निर्माण गर्ने भएको छ । कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ लगानीमा उक्त होटल निर्माण गर्न लागेको हो । यस होटल तथा रेष्टुरेन्टले सञ्चालपछि ३०६ जनाले रोजगार पाउनेछन् । उक्त होटलमा १९० बेड र ४६५ सिट भएको रेष्टुरेन्ट हुनेछ ।

 

काठमाडौंको वडा नम्बर १६ मा होटल उड एप्ल प्रालिले होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्यउने भएको छ । १९ करोड रुपैयाँ लगानीमा बन्न लागको यस रेष्टुरेन्टले ३० जनालाई रोजगार दिनेछ । पूर्ण आन्तरिक लगानीमा बन्न लागेको यो होटल तथा रेष्टुरेन्टमा ४९ बेड र ८० सिट भएको रेष्टुरेन्ट हुनेछ ।

 

यसैगरी, २५ करोड वैदेशिक लगानीमा काठमाडौंमा झाङ युपेङ्ग होटल एण्ड रेष्टुरेन्ट बन्ने भएको छ । उद्योग विभागको तथ्यांक अनुसार काठमाडौंमा खुल्ने यस होटलले सञ्चालनपछि ६० जनालाई रोजगार दिनेछ । सो होटलमा ६० बेड र १ सय सिट भएको रेष्टुरेन्ट हुने छ ।

 

यस्तै, ५० बेड भएको होटल र ५० सिटको रेष्टुरेन्ट क्षमता सहित होङ्ग मेई होटल एण्ड रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । पूर्ण वैदेशिक लगानीमा बन्न लागेको उक्त होटलको लागत २५ करोड रुपैयाँ रहेको छ ।

 

यस्तै, काठमाडौंमै ७० बेड र १ सय सिट भएको यू हुईफेङ्ग होटल एण्ड रेष्टुरेन्ट २५ करोड लगानीमा बन्न लागेको छ । पूर्ण वैदेशिक लगानीमा बन्न लागेको यो रेष्टुरेन्टले सञ्चालनपछि ५८ जनालाई रोजगार दिनेछ । जुन लि होल एण्ड रेष्टुरेन्ट २५ करोड वैदेशिक लगानीमा बन्ने गरी दर्ता भएको छ । ४० बेड र १२० सिट क्षमता भएको यो होटल तथा रेष्टुरेन्टले ५८ जनालाई रोजगार दिनेछ ।

 

यसैगरी, २५ करोड पूर्ण वैदेशिक लगानीमा होटल जीन निर्माण हुने भएको छ । यस होटलमा २४ बेड र ६० सिटको क्षमताको रेष्टुरेन्ट हुनेछ । रुई हान होटल एण्ड रेष्टुरेन्ट काठमाडौंको वडा नम्बर २६ मा बन्ने भएको छ । २५ करोड वैदेशिक लगानीमा बन्न लागेको यो होटल ९५ बेड र १८० सिट क्षमताको हुने जनाइएको छ ।

 

एम.आई होटल एण्ड रेष्टुरेन्ट काठमाडौंको वडा १५ मा बन्ने भएको छ । २५ करोड रुपैयाँ लगानीमा बन्न लागेको यो होटलमा पनि पूर्ण वैदेशिक लगानी रहेको छ । ८० बेड र २ सय सिट क्षमता भएको यो होटल तथा रेष्टुरेन्टले सञ्चालनपछि ९७ जनाले रोजगार दिनेछ ।

 

वानयु होटल एण्ड रेष्टुरेन्ट काठमाडौंको वडा नं. २६ बन्न लागेको छ । २५ करोड विदेशी लगानीमा बन्न लागेको यो होटल ९५ बेड तथा १५० सिट क्षमता रहेको छ । यस्तै, २५ करोडको विदेशी लगानीमा वीकाई होटल एण्ड रेष्टुरेन्ट निर्माण हुने भएको छ । ९० बेड र १५० सिट क्षमताको यस रेष्टुरेन्ट रेष्टुरेन्ट सञ्चालनपछि १०५ जनालाई रोजगार दिनेछ ।

 

ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लज काठमाडौंमा १० करोड लगानीमा बन्न लागेको हो । यस होटलमा ३५ बेड र ६० सिटको रेष्टुरेन्ट हुनेछ । यो होटल तथा रेष्टुरेन्ट ५० प्रतिशत वैदेशिक र ५० प्रतिशत आन्तरिक लगानीमा बन्न लागेको हो ।

 

काठमाडौं-बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने Read Previous

काठमाडौं-बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने

आइएमई 'डबलको डबलको डबल' अफरको बम्पर विजेता घोषणा, डेढ लाख पठाएका जीवेशले पाए साढे १२ लाख Read Next

आइएमई 'डबलको डबलको डबल' अफरको बम्पर विजेता घोषणा, डेढ लाख पठाएका जीवेशले पाए साढे १२ लाख