मेगा बैंकको लाभांश परिमार्जन, बोनस घटाएर नगद दिने

काठमाडौं । मेगा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको हो ।

 

बैंक सञ्चालक समितिको बुधबार (आज) बसेको बैठकले बोनसदर घट्ने गरी लाभांश परिमार्जन गरेको हो । यसअघि सेयरधनीलाई १२.७ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको बैंकले उक्त संशोधन गरी अब १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

ठेकेदारको चरम लापारबाही, ७ वर्षमा पनि बनेन कमलविनायक-नगरकोट सडक Read Next

ठेकेदारको चरम लापारबाही, ७ वर्षमा पनि बनेन कमलविनायक-नगरकोट सडक