महालक्ष्मी विकास बैंकको सेयरमा तीव्र चलखेल, एकदिन पोजेटिभ अर्को दिन नेगेटिभ सर्किट

काठमाडौं । महालक्ष्मी विकास बैंकको सेयरमा तीव्र चलखेल भएको देखिएको छ । पछिल्लो समय बिना कारण भाउ उचालिएको कम्पनीको आज फेरि घट्न थालेको छ ।

 

महालक्ष्मीको सेयर मूल्य पछिल्ला ६ कारोबार दिनमै प्रतिकित्ता २०० रुपैयाँभन्दा धेरैले बढेको थियो । कात्तिक १४ गते प्रतिकित्ता ६५० रुपैयाँ हाराहारीमा रहेको बैंकको सेयर २३ गते (६ कारोबार दिनमा) बढेर ८८२ रुपैयाँ पुगेको थियो ।

 

पछिल्ला दिनहरुमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको बैंकको सेयरमा आज एकाएक नेगेटिभ सर्किट लागेको हो । आज बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेर ७९३ रुपैयाँमा झरेको छ ।

 

भाउ बढेको दिनमा बैंकको सेयर बेच्ने थिएनन् भने आज घटेको दिनमा १ कित्ता पनि किन्ने छैनन् ।

 

स्वार्थ समूहले बिना कारण भाउ उचालेर आफूसँग भएको सेयर बेचेपछि पुनः भाउ घटाउन लागिपरेको लगानीकर्ताको आरोप छ ।

आइएमईको ‘वर्ड टूर विथ साइग्रेस’ सुरू, सातै प्रदेशमा कार्यक्रम आयोजना Read Previous

आइएमईको ‘वर्ड टूर विथ साइग्रेस’ सुरू, सातै प्रदेशमा कार्यक्रम आयोजना

सोलारमा लगानीकर्ताको आकर्षण : सर्वेक्षणका लागि ३३ आयोजनाको आवेदन, १६ वटाले निर्माण थाल्दै Read Next

सोलारमा लगानीकर्ताको आकर्षण : सर्वेक्षणका लागि ३३ आयोजनाको आवेदन, १६ वटाले निर्माण थाल्दै