नेप्सेमा दोहोरो अंकको गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । ४ दिनपछि खुलेको बजार १९ अंकले घटेर बन्द भएको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । तिहार अघि दैनिक औसतमा ६ अर्ब बढीको कारोबार हुँदै आएकोमा आज घटेर साढे ४ अर्बमा सीमित भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से १९.२० अंकले घटेरर २८२९.६५ विन्दुमा आइपुगेको छ । यसदिन २३० कम्पनीको ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँ बढीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचकमा राताम्मे भएको छ भने ३ समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै १.१६ प्रतिशतले घटेको छ भने फाइनानस समूह ०.७८ प्रतिशतले बढेको छ ।

 

कारोबारमा आएका २३० कम्पनीमध्ये ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नबिल बैंकको २२ करोड र आइसीएफसी फाइनान्स २२ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साहस ऊर्जा र आइसीएफी फाइनान्सका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

यसैगरी, महालक्ष्मी विकास बैंक, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । घट्दो बजारमा आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ७.९६ प्रतिशत गुमाएका छन् ।

भरतपुर सबस्टेशनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा Read Previous

भरतपुर सबस्टेशनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा

मध्यपहाडी राजमार्गको ठाउँठाउँमा मुआब्जा विवाद, अझै हुन सकेन सीमा निर्धारण Read Next

मध्यपहाडी राजमार्गको ठाउँठाउँमा मुआब्जा विवाद, अझै हुन सकेन सीमा निर्धारण