नेप्सेमा दोहोरो अंकको वृद्धि, यी ७ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । दिनभर उतरचढाव देखिएको बजार अन्त्यमा दोहोरो अंकले बढेर बन्द भएको हो ।

 

सूचकमा सुधार आए पनि कारोबार रकममा भने सुधार आउन सकेन । आज करिब पौने ३ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से आज २७.६० अंकले बढेर २५८४.६० विन्दुमा पुगेको छ । यसदिन २२५ कम्पनीको २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३६ रुपैयाँ बराबरको ५८ लाख १८ हजार २५ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.११ प्रतिशतले बढेको छ व्यापार समूह १.०७ प्रतिशतले घटेको छ ।

 

आज आइसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको झण्डै १६ रुपैयाँको कारोबार भएको छ । यस्तै, एनआइसी एशिया बैंक ९ करोड र अरुण भ्याली साढे ८ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बेस्ट फाइनान्स र रिडी हाइड्रोपावर कम्पनीको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यस्तै, रिलायन्स फाइनान्स, वरुण हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त र सर्पोट माइक्रोफाइनान्सका सेयरधनीले ८ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

 

बढ्दोे बजारमा आज मेरो माइक्रोफाइनान्सको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

टाउकोको मूल्य ६० करोड तोकिएका कुख्यात तस्कर पक्राउ Read Previous

टाउकोको मूल्य ६० करोड तोकिएका कुख्यात तस्कर पक्राउ

सर्लाहीको नवलपुरमा ठूलो क्षमताको सबस्टेसन सञ्चालनमा Read Next

सर्लाहीको नवलपुरमा ठूलो क्षमताको सबस्टेसन सञ्चालनमा